तनहुँ। आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकस्थित खानीखोला पुलमा पहिरो जाँदा दुईतर्फी पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।
आइतबार बिहान १० बजे खानीखोला पुलमा सडक निर्माणको क्रममा पुलको छेउ भासिन गई दुईतर्फी सवारी आगवन पूर्ण रूपमा बन्द भएको जिल्ला ट्राफिक प्रमुख राजिव विष्टले बताए। मर्मत सम्भार गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।
मर्मत सम्भारका लागि करिब ५ घण्टा समय लाग्ने अनुमान गरिएको छ। सडक अवरुद्ध भएकाले सवारी साधनहरूले वैकल्पिक मार्गको प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।