जापान। जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ।
सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवस राई गएराति मृत्यु भएको हो।
१३ वर्ष देखि जापानमा श्रीमतीसहित बस्दै आएका राई गएराति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन्। शनिवार राति ११ बजे श्रीमती कामबाट फर्कँदा राई मृत अवस्थामा भेटिएको र तुरुन्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ।
राईको मृत्युको कारण पोस्टमार्टम पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ।