काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । नयाँ सरकार गठनका लागि दलहरूले कसरत गरिरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको हो ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुने बताइएको छ । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ ।