काठमाडौँ । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।
बैठकले पार्टी संसदीय दलको नेता चयनका विषयमा निर्णय गर्नेछ । सत्तासमीकरणका विषयमा पनि छलफल हुनेछ ।
सहमति नभए संसदीय दलको नेता गोप्य मतदानबाट चयन हुने भएकाले कार्यसम्पादन समितिको बैठकले त्यस विषयमा आवश्यक निर्णय लिने जनाइएको छ ।