काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका छन्।
नवनिर्वाचित सांसदहरुसँग बधाई साँटासाँट गर्नका लागि आज दिउँसो ३ बजे बोलाएको बताइएको छ।
बधाई साँटासाँटका साथै आजै संसदीय दलको निर्वाचनबारे पनि सभापतिले सांसदहरुसँग छलफल गर्ने बताइएको छ।