काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मान गरेको छ । बिहीबार पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गरेको हो ।
नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई एक कार्यक्रमबीच सम्मान गरेको छ । पौडेल नेपालका लागि जापानका राजदूत किकुता युताकाबाट सम्मानित भएका उनको सचिवालयले जनाएको छ ।
नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।
सोही घोषणाअनुरुप उनलाई सम्मान गरिएको पौडेलको सचिवालयले जनाएको छ । पौडेल नेपाल–जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए।