काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबेरगरबीच भेटवार्ता भएको छ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। यस्ता भेटले दुई देशबीचको सम्बन्ध मजबुद बन्ने सेनाको विश्वास छ।