चितवन। चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैंडा मृत अवस्थामा फेला परेका छन् ।
निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा मृत फेला परेको हो ।
मृत गैंडाको खाग नपलाएको अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए।
यस्तै, निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्र बिहीबार बिहान एक पोथी गैंडा मृत फेला परेको छ । मृत गैंडा १५ वर्ष उमेरको भएको निकुञ्जले जनाएको छ ।
पन्ध्र वर्षको पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले बताए। गैंडाको खाग र खुर सुरक्षित छ ।
चालु आर्थिक बर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ गैंडा मृत भेटिएका छन् ।