काठमाडौं। नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७०० रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको हो।
आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला एक लाख ३ सय रुपैयाँ र चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।