काठमाडौं। सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा ज्यान गएको छ।
जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी घर भई दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगरको ज्यान गएको हो।
बेलुका राम्रैसँग सुतेका मगरको हृदयाघातका कारण ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ। मगर केही दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेको परिवारले जनाएको छ।
मगर करिब पाँच वर्षअघि कोरिया गएका थिए।