सोलुखुम्बु। माप्य दूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थामा मृत भेटिएका छन्।
बेलुका खानपान गरेर सुतेका राई घरैमा ओछ्यानमा मृत भेटिएका हुन्। प्रहरी निरीक्षक राई ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख थिए।
राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा आएका थिए। उनको शब पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।