काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले देशभित्रै प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गरी अध्ययनका लागि विदेश जाने युवा जनशक्तिलाई रोक्नु आजको आवश्यकता रहेको बताएकी छन्।
बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण विकासमा गुणस्तरीय शिक्षा आवश्यक रहने बताइन्। उनले राष्ट्रलाई सहयोग पुग्नेगरी दक्ष जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्ने बताइन्।
केन्द्र, प्रदेश र स्थानीय तहले सक्रिय सहभागिता जनाए सामूहिक विद्यालयले गुणस्तर शिक्षा प्रदान गर्ने उदाहरणहरू प्रशस्त रहेकोले यसका लागि विद्यालयको भूमिका पनि अहम् रहने उनले बताइन्।