काठमाडौं। नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ।
महासचिव विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको अध्यादेशको स्वागत गरेका हुन्।
साथै, अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गर्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ। कानुन निर्माण प्रक्रियालाई पूर्णता दिई सहमतिलाई लागू गर्ने वातावरण निर्माण गर्न राष्ट्रपतिलाई विशेष आग्रह गरिएको छ।
सरकारले अध्यादेश पेश गरे पश्चात सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसकै कतिपय नेताहरुका साथै एमालेका कतिपय नेताहरुले विरोध गरिरहेको सुन्दा आश्चर्य चकित बनाएको विज्ञप्तिमा उल्लेख छ।
