तनहुँ। नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ पाँचौँ पटक स्थगित भएको छ।
नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका शाहमाथिको सुनुवाइस्थगित भएपछि पुस ११ गते पेसी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिए।
न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन। अभिनेता शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो। तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारका अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ।
त्यसविरुद्ध पलले उच्च अदालत पोखरामा निवेदन दिएका छन्। गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए।
शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आएका थिए। पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि पीडित भनिएकी बालिका र उनननाँका बुबाले समेत दुवै अदालतमा बलात्कार हैन भनी बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ।