काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक तर्फको सूची सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सोमबार दलहरुले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएकाले आज सार्वजनिक गरिने बताए।
योसँगै अब राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगले निर्वाचनको अन्तिम परिणाम बुझाउनेछ।