काठमाडौँ । भूपेन्द्र पटेलले भारतको पश्चिमी राज्य गुजरातको मुख्यमन्त्रीको शपथ लिएका छन् । गुजरात बीजेपीका नयाँ विधायकहरूले हिजो भूपेन्द्र पटेललाई नेता चयन गरेका थिए। उनी दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।
गुजरातको राजधानी गान्धीनगरमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।
गुजरात विधानसभामा भाजपाले लगातार सातौं पटक सरकार बनाएको छ। विधानसभा चुनावमा बीजेपीले १८२ सिट मध्ये १५६ सिट प्राप्त गरेको छ। पटेलसँगै उनका मन्त्रिपरिषदका सदस्यहरूले पनि शपथ लिएका छन् । भूपेन्द्र पटेल बाहेक १६ मन्त्रीले शपथ लिएका छन् । तीमध्ये आठ जना क्याबिनेट स्तरका मन्त्री हुन् ।