पाल्पा । आगो ताप्ने क्रममा जलेर पाल्पामा एक वृद्धको ज्यान गएको छ । रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो ।
खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।