जाजरकोट। जाजरकोटको छेडागाड नगरपालिकामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका हुन् ।
दुर्घटनामा घटनास्थलमै ९ जनाको मृत्यु भएको र २ जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छेडागाड नगरपालिकाका मेयर रत्नबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनामा दैलेखको भगवती माई गाउँपालिकाका चालक मानबहादुर राउतको समेत मृत्यु भएको छ ।
जीप दुर्घटनामा ज्यान गुमाउनेहरू
मानबहादुर राउत, भगवती माई गाउँपालिका-२, दैलेख
वीरेन्द्र केसी, भगवती माई गाउँपालिका-३, दैलेख
अम्बरबहादुर खड्का, भगवती माई गाउँपालिका-३, दैलेख
वीरबहादुर खत्री, छेडागाड नगरपालिका-६, जाजरकोट
जयकुडा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
नैनसरा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
रामबहादुर बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
दीपक अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
देवीसरा बुढा, छेडागाड नगरपालिका-५, जाजरकोट
अम्बर अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट
निशा अधिकारी, छेडागाड नगरपालिका-५, जाजरकोट