काठमाडौं। सरकारले मुलुकी फैजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै अध्यादेश ल्याइएको बताए।
यी हुन् अन्य निर्णयः
