काठमाडौं। सरकारले मुलुकी फैजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश २०७९ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्कीले अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै अध्यादेश ल्याइएको बताए।
मुलुकलाई अहिले शान्ति, एकता, विकास र सम्बृद्धि चाहिएको र मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्न अध्यादेश ल्याइएको उनले बताए।
अध्यादेशले मुलुकमा आन्तरिक एकताका साथै हिंसात्मक क्रियाकलापमा संलग्न दल वा समूलाई राजनीतिको मूल धारमा ल्याउने उनको दाबी छ।
यसअघिका सरकारले पनि माफी दिने सहमति गरेको उनले बताए।
उक्त अध्यादेशको सर्वत्र विरोध भइरहेको छ।