ढल्केवर। धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुर बस्ने २७ वर्षीया रितादेवी यादवको हत्या आरोपमा श्रीमान् विरेन्द्र यादवलाई पक्राउ गरिएको छ।
आइतबार राति ११ बजे घरमै सुतिरहेको अवस्थामा रितादेवीमाथि धारिलो हतियारले प्रहार भएको थियो। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी रितादेवीलाई उनकै श्रीमान् विरेन्द्रले उपचारको लागि जनकपुरस्थित काव्या अस्पतालमा पुरेयाएका थिए। उपचारकै क्रममा रितादेवीको मृत्यु भएको थियो।
हत्या घटनासम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा श्रीमान् विरेन्द्रमाथि शंका लागेर केरकार गरेपछि हत्या आफूले नै गरेको विरेन्द्रले प्रहरीसमक्ष स्वीकार गरेको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताए।
हत्यामा प्रयोग गरिएको बञ्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालिएको अवस्थामा भेटिएको छ।
हत्यामा प्रयोग भएको बञ्चरो र विरेन्द्रलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान अघि बढाइएको छ।