काठमाडौं। अधिकारकर्मी जस्मिन ओझा र पीडित विनु यादवको सुरक्षाको व्यवस्था मिलाउन राष्ट्रिय महिला आयोगले आग्रह गरेको छ।
सोमबार एक पत्र लेख्दै आयोगले जिल्ला प्रशासन कार्यालय रामेछापलाई ओझा र यादवको सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेको हो।
मंगलबार पीडित यादवको जिल्ला अदालत रामेछापमा बकपत्र रहेको छ। ओझा र यादवको ज्यानको असुरक्षा भएकोले शान्तिपुर्ण रुपमा पीडितलाई बकपत्र सम्पन्न गर्ने वातावरण मिलाइदिन पत्रमा आग्रह गरिएको छ।