काठमाडौं। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन्।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र उनकी श्रीमती निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन्।
जस्ता र काठको कच्चीघरमा बस्दै आएका उनीहरुलाई स्थानीयवासीले मृत्तावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए।
मृत भेटिएका दम्पत्तीका एक छोरी र दुई छोरा छन्। छोरा काठमाडौंमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको स्थानीयवासीले जानकारी दिएका छन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।