काठमाडौं। काठमाडौंमा दुईजना मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं महानगरपालिका–६ बौद्ध डेरा गरी बस्ने सर्लाही हरिवन नगरपालिका–३ घर भएका ४९ वर्षीय रमेश लामा आफ्नै कोठामा आज मृत अवस्थामा फेला परेका छन्।
यसैगरी काठमाडौं तारकेश्वर नगरपालिका–३ तिनपिप्ले किसनडोलस्थित खोल्सामा सोही नगरपालिका–६ धर्मस्थली बस्ने ९० वर्षीया डिल्ली पुतुवार आज मृत अवस्थामा फेला परेकी छन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।