पोखरा। नाडा अटोमोवाइल्स डिलर्स र पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स (वाडा) ले संयुक्त रुपमा आज बिहिबार पोखराको चिप्लेडुङ्गा मानव अधिकार चोकमा शान्तिपुर्ण धर्ना दिएको छ।
नेपाल सरकारको व्यवसायीका लागि अमैत्रीपुर्ण नीति एवं बैंकहरुले चर्को व्याज बढाएको भन्दै धर्ना दिइएको हो।
उनीहरुले मौद्रिक नीति खारेज गर, जसले कर तिरेको छ उसैलाई पेल्ने उसैलाई हेप्ने, चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर, जनताले सबै नियम मान्नुपर्ने सरकारी निकायले व्यवसायीको किन जवाफ नदिने, व्यवसाय गरि खान देउ, सतप्रतिशत नगद मार्जिन व्यवस्था ५० प्रतिशतमा झार, व्याजदर नियन्त्रण गर जस्ता पम्पलेटहरु प्रदर्शन गरे।

अटोमोवाइल्स व्यवसायीहरुले पटक पटक व्याजदर घटाउनुपर्ने माग गर्दा पनि माग सम्बोधन नभएको भन्दै पम्पलेटहरुमार्फत देशमा सरकार छ त भनी प्रश्न समेत उठाएका छन्।
आफुहरुको माग सम्बोधन नभए यस्ता विरोधहरु निरन्तर जनाइरहने समेत बताएका छन्।