काठमाडौं । गृह प्रशासनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन निर्देशन दिएको छ ।
संघीय संसदका महासचिवले निलम्बन फुकुवाको पत्र लेखेपछि जबराले बुधबार सर्वोच्च फर्किन चाहेका थिए । तर गृह प्रशासनले जबरालाई प्रधानन्यायाधीश सरह सुरक्षा उपलब्ध गराएको छैन ।
प्रधानन्यायाधीशलाई दिइने सुरक्षा सुविधा भने कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई दिइएको छ ।