दार्चुला। दार्चुलाका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ।
लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति भीरबाट खसेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार लाली बजारतर्फ जाने क्रममा भिरबाट लडेर ऐरी दुई सय मिटर तल महाकाली नदीमा खसेका थिए।
त्यस्तै, बुधबार बिहान ११ बजेतिर महाकाली नगरपालिका–३ का ३१ वर्षीय वीरसिंह भण्डारीको पनि भिरबाट लडेर मृत्यु भएको छ।
हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर कल्चौँडे खोलामा खसेका भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।
उनी पसलको डिलमा बसेर घाम तापिरहेका बेला भीरमा खसेको पारिवारिक स्रोतले जनाएको छ।