काठमाडौं। हुम्लामा तारा एयरको जहाज चिलसँग ठोक्किएको छ।
नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको तारा एयरको जहाज बुधबार दिउँसो चिलसँग ठोक्किएको हो।
विमानस्थल पुग्नु ४–५ मिनेट अगाडि जहाजसँग चिल ठोक्किएपछि ठोक्किँदा जहाजको अगाडिको भागमा प्वाल परेको छ।
जहाजमा रहेका दुई पाइलट र एक जना एयर होस्टेस सुरक्षित छन्।