काठमाडौं। स्थानीय बजारमा सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ। मंगलबारको तुलनामा सुन तथा चाँदीको मूल्य आज (बुधबार) स्थिर छ।
मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज पनि छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज तेजाबी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ।
चाँदी पनि मंगलबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।