सुर्खेत। पञ्चपुरी नगरपालिका–३ तोक्माका अमर बहादुर आलेमगरले पत्नीको वीभत्स हत्या गरेका छन्।
हत्यापछि आलेले पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर हिँडिरहेको स्थानीयले बताएका छन्। भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
३० वर्षीया मिना आलेमगरलाई आलेले खुकुरी प्रहार गरी घाँटी काटेर हत्या गरेको प्रहरीले जनाएको छ। टाउको पलास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले आलेलाई पक्राउ गरेको हो।
आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।