काठमाडौँ । स्वास्थ्य सेवा विभागले सुरक्षा गार्ड माग गरेको छ । विभागले बुधबार जारी गरेको सूचनामा इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीहरुबाट रीतपूर्वक प्रस्ताव आह्वान गर्न अनुरोध गरिएको छ ।
सूचनाअनुसार विभागको टेकुस्थित कार्यालयका लागि ७ जना र केन्द्रीय स्टोर पथलैयाका लागि ३ जना गरी १० जना सुरक्षा गार्ड आवश्यक रहेको उल्लेख गरिएको छ ।

