काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। समानुपातिकतर्फको मतगणना पनि लगभग सकिएर केही हजार भोटको हिसाब मात्रै निर्वाचन आयोगको वेभसाइटमा अपडेट गर्न बाँकी भएको आयोगले जनाएको छ।
आयोगले सोमबार साँझ ५ बजेसम्म १ करोड ४ लाख ३० हजार ४ सय ३९ मतको अपडेट गराएको छ। अब बढीमा ५० हजार मत गन्न बाँकी रहेको र भोलि बेलुकासम्म गनेर सकिने आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए।