बैतडी । बैतडी प्रहरीले मायाको हत्याका आरोपितलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरेर पञ्चेश्वर गाउँपाली ४ फ्याउलेकी माया लुहारको हत्याका आरोपित भरतराम कोलीलाई सार्वजनिक गरेको हो ।
मृतक मायाका परिवारले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि प्रहरीले आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको थियो । पक्राउ परेका कोलीलाई राती बैतडी पु¥याएर सोमबार सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए ।
मायाको हत्यापछि उनी फरार रहेका थिए । फरार रहेका अभियुक्त कोलीलाई प्रहरीले आइतबार महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा समातेको थियो । शिवनाथ गाउँपालिका–४ घर भएका कोलीलाई हिजो कञ्चनपुर प्रहरीले महेन्द्रनगरको बसपार्कबाट पक्राउ गरी बैतडी प्रहरीलाई बुझाएको थियो।
राति बैतडी पु–याइएका कोलीलाई आज अदालतमा उपस्थित गराइएको थियो । अदालतबाट १० दिन म्याद थपेर घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रेम शाहीले बताए। कोलीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ। मायाका परिवारले किटानी जाहेरी दिएकै दिन उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो।