काठमाडौँ । प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ ।
सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ ।
हिजो बिहानसम्म शिवाकोटीले अग्रता लिनुभएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिएका थिए। आज बिहान फेरि एमालेका शिवाकोटीले अग्रता लिएका थिए । तर, फेरि अहिले माओवादीका कार्कीले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणामअनुसार कार्कीले ३५ हजार ७ सय ९० मत पाएका छन् । शिवाकोटीको ३४ हजार ५ सय ९५ मत छ । उहाँहरुबीच १ हजार १ सय ९५ मतान्तर रहेको छ ।