काठमाडौँ । प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ ।
हिजो बिहानसम्म शिवाकोटीले अग्रता लिएको भएपनि दिउँसोदेखि कार्कीले अग्रता लिएका हुन् । आज बिहान फेरि एमालेका शिवाकोटीले अग्रता लिएक छन् ।
पछिल्लो मतपरिणामअनुसार शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०९ मत आएको छ ।