कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार जीवनबहादुर शाही हुम्ला २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका छक्कबहादुर लामालाई ४ हजार ७७ मतान्तरले पछि पार्दै सत्ता गठबन्धनका साझा उम्मेदवार शाही निर्वाचित भएका हुन् ।
शाही ७ हजार ५६ मतले विजयी हुँदा उनका निकटम प्रतिष्पर्धी लामाले २ हजार ९७९ मत प्राप्त गरे । हुम्ला प्रदेश सभा २ मा १० हजार ३१४ मत खसेको थियो । मुख्यमन्त्री शाही २०७४ को प्रदेश सभा निर्वाचनमा सोही क्षेत्रबाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा कांग्रेसका उनले मात्र प्रत्यक्ष निर्वाचन जितेका थिए ।
२०७४ मा स्वतन्त्रबाट प्रतिनिधि सभामा जितेका लामा पछि माओवादी केन्द्र प्रवेश गरेका थिए । माओवादी केन्द्रले टिकट नदिएपछि उनी एमाले प्रवेश गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भइसकेका शाही पुनः मुख्यमन्त्री हुने आकांक्षासहित प्रदेश सभामा उम्मेदवारी दिएका हुन् ।