काठमाडौँ । मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी रहेको छ । शनिनबार बिहान सवा ८ बजेको मतपरिणामअनुसार प्रदेशसभा सदस्य पदको प्रत्यक्षतर्फ मधेस प्रदेशमा ५८ सिटको नतिजा आएको छ। जसमा नेकपा एमाले १२, नेपाली कांग्रेस ११, जसपा ८, लोसपा ७, जनमत पार्टी ६, माओवादी केन्द्र ४, लोकतान्त्रिक समाजवादी पार्टी ४ र स्वतन्त्र उम्मेदवार ६ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी बागमती प्रदेशमा ४५ सिटको नतिजा आएको छ । जसअनुसार नेपाली कांग्रेस १८, नेकपा एमाले ९, माओवादी केन्द्र ७, राप्रपा ५, नेकपा एकीकृत समाजवादी पार्टी ४, नेमकिपा १, हाम्रो नेपाली पार्टी १ सिटमा विजयी हुँदा प्रदेश नम्बर १ को प्रदेशसभाका लागि ३५ सिटको नतिजा आएको छ । जसअनुसार एमाले १६, कांग्रेस १०, माओवादी केन्द्र ६, राप्रपा २ सिटमा विजयी भएको छ ।
यसैगरी गण्डकी प्रदेशको २९ सिटको नतिजा आएको छ। जसअनुसार कांग्रेस १२, एमाले पनि १२, माओवादी केन्द्र ४ र स्वतन्त्र एक जना विजयी भएको आयोगले जनाएको छ ।
यसैगरी लुम्बिनी प्रदेशसभाका लागि ५२ मध्ये ३८ को नतिजा आएको छ । जसअनुसार एमाले १२, कांग्रेस पनि १२, माओवादी केन्द्र ३, जसपा २, नागरिक उन्मुक्ति पार्टी २, लोसपा २, राप्रपा १, जनमत १ र स्वतन्त्र उम्मेदवार ३ जना विजयी भएका छन् ।
यस्तै कर्णाली प्रदेशसभाका लागि १५ सिटको नतिजा आएको छ । जसअनुसार कांग्रेस ६, माओवादी ६, एमाले २ र स्वतन्त्र १ सिटमा विजयी भएको आयोगले जनाएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशसभाका लागि ३२ सिटमा भएको निर्वाचनमध्ये १८ को नतिजा आएको छ । जसअनुसार माओवादी केन्द्रको ७, नेपाली कांग्रेसको ६, नागरिक उन्मुक्ति पार्टीको २, एमालेको २ र स्वतन्त्रको एक सिटमा विजय भएको छ। प्रदेशसभातर्फ बाजुराको २ क्षेत्रबाहेक अन्य स्थानमा मतगणना जारी रहेको छ ।