काठमाडौं । तेह्रथुमको प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सीता गुरुङ निर्वाचित भएकी छिन्।
निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार १९ हजार ७०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।
यस्तै नेकपा एमालेका विजय सुब्बाले १८ हजार ६२३ मत ल्याए। उनीहरूबीच एक हजार ७९ मतान्तर छ। एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा विभिन्न पार्टीबाट १० उम्मेदवार थिए।