रूपन्देही । रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्।मतगणनाको अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउँदै एमाले उपाध्यक्ष पौडेल विजयी भएका हुन्।
निर्वाचित पौडेलले २७ हजार १ सय ४७ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी गणेश पौडेलले २५ हजार ७ सय ८१ मत प्राप्त गरेका हुन्। उनीहरूको मतान्तर १ हजार ३ सय ६६ रहेको निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै सत्ता गठबन्धनबाट राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले २२ हजार ८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।कुल १ लाख २६ हजार ८ सय ७ मतदाता रहेको क्षेत्र नम्बर २ मा ८१ हजार २ सय २ मत खसेको थियो। पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलको संसदीय यात्रा यो पाँचौंपटक हो।