काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार निर्माणका लागि गठबन्धन गर्नसक्ने संकेत गरेका छन्।
जारी मतगणनाले सत्ता गठबन्धन र नेकपा एमाले दुवैको बहुमत नपुग्ने परिस्थिति बन्दै गएका बेला लामिछानेले यस्तो संकेत गरेका हुन्।
लामिछने नेतृत्वको पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सिट जितिसकेको छ भने समानुपातिक तर्फ ६ लाख मत कटाइसकेको छ।
‘हामीले चुनावमा कसैसँग तालमेल वा गठबन्धन गरेनौं, चितवन २ बाट विजयी लामिछानेले निर्वाचित भएको प्रमाणपत्र बुझ्दै भने ‘भोलि देश हितका लागि आवश्यक पर्यो भने हामी साथ दिन तयार छौं।’ उनले चितवनवासीले आफूलाई दिएको मतको सम्मान गर्दै काम गर्ने बताए।