काठमाडौं। प्रतिनिधिसभा तर्फ कास्कीबाट ३ वटै क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका छन्।
क्षेत्र नम्बर १ मा मन बहादुर गुरुङ विजयी भएका छन्। उनले नेपाली कांग्रेसका किशोरदत्त बराललाई पराजित गरे। गुरुङले २५ हजार ७ सय ८ मत ल्याउँदा बराल २३ हजार १ सय ८९ मतमा ल्याएका हुन् ।
१ (क) र (ख) मा पनि एमाले उम्मेदवार विजयी भएका छन्। (क) मा एमालेका खगराज अधिकारी विजयी भए भने (ख) मा एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ विजयी भए।
यस्तै, कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्। प्रदेशतर्फ भने एमाले र कांग्रेसले एक–एक सिट जितेका छन्।
२ (क) मा पनि एमालेका भीम कार्की विजयी भए। यस्तै, २(ख) मा नेपाली कांग्रेसका विन्दु थापा विजयी भए।
कास्की क्षेत्र नम्बर ३ पनि एमालेकै दामोदर बैरागी पौडेल विजयी भएका छन्। गण्डकी प्रदेश सभातर्फ भने एमाले र कांग्रेसले एक–एक सिट जितेका छन्। ३ (क) मा एमालेका गणेशमान गुरुङ र ३ (ख) मा कांग्रेसका प्रकाश बराल विजयी भए।