काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अपेक्षाअनुसार चुनावी परिणाम नआएको बताएका छन्।
गोरखा २ बाट निर्वाचित भएपछि निर्वाचन आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपेक्षाअनुसार चुनावी परिणाम नआएको बताएका हुन्। उनले गठबन्धनको बैठक बसेर छलफल गरिने बताए।
उनले भने, ‘गठबन्धन परिणमको रूपमा हेर्दा त सफल भएको छ। तर, हामीले सोचेजस्तो परिणाम भएन भन्नेपनि छ। नसोचेका केही कुरा भए। त्यसैले यहाँ सकेर तुरुन्त काठमाडौं जानुपर्ने भएको छ। गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ। अपेक्षा गरेको जस्तो भएन। गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ।’