महोत्तरी। महोत्तरी –२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन्।
भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्याए। यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए।
भण्डारी २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै २०५१ मा स्वतन्त्र उम्मेदवार तथा २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
२०६४ को संविधानसभामा मधेसी जनअधिकार फोरमबाट महोत्तरी–४ बाट निर्वाचित समेत निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधिसभा सदस्यमा उनी राजपाबाट महोत्तरी–२ बाट निर्वाचित भएका थिए।
भण्डारी २०४५ देखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक मन्त्री भएका छन्।