भोजपुर । भोजपुरमा प्रदेश १ सरकारका पूर्व मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।उनले राईलाई २ हजार ३८५ मतान्तरले पराजित गरेका हुन् ।
किराँती तेस्रोपटक सांसदमा विजयी भएका हुन् । उनले २८ हजार ५७८ मत प्राप्त गरे भने एमालेका राईले २६ हजार १९३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कूल १ लाख २३ हजार ३७९ मतदाता रहेकामा ६१ हजार ८३० जनाले मतदान गरेका थिए । ३ हजार १६८ मत बदर भएको थियो ।