धनगढी । कैलाली निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ हजार पाँच सय ९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का दुर्गाप्रसाद जोशीले छ हजार तीन सय ५१ मत प्राप्त गरे। विजयी देउवा प्रधानमन्त्री शेरबहादुर देउवा भतिजा हुन् ।
प्रदेशसभामा खसेको २८ हजार चार सय ८३ मतमा एक हजार दुई सय ६९ मत बदर भएको छ । क्षेत्र नं ५ को प्रदेशसभा (१)मा भने मतगणना जारी छ । निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसका डिल्लीराज पन्तको अग्रता कायमै छ ।