काठमाठौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन् ।
उनी चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालबाट पराजित भएका हुन् ।
ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६ सय ८ मत मात्र ल्याए ।