धनगढी। कैलाली निर्वाचन क्षेत्र नम्बर–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्।
श्रेष्ठ ३० हजार ४०४ मत ल्याउँदै विजयी बनेकी हुन्। कांग्रेसका उम्मेदवार राम जनम चौधरीले १८ हजार ८ र एमालेका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याए।
नागरिक उन्मुक्ति पार्टी टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीको पार्टी हो। उनले पार्टी खोल्ने नपाउने भएपछि श्रीमती रञ्जितालाई अध्यक्ष बनाएका थिए।
२०७४ सालमा फरार रहेकै बेला रेशम चौधरीले ३४ हजार बढी मतले यो क्षेत्रबाट जितेका थिए।
त्यस्तै, कैलाली–१ प्रदेशसभा (क) मा उन्मुक्ति पार्टीकै कैलाश चौधरी र प्रदेशसभा (ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भएका छन्।