कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर १ को (१) मा प्रदेशसभा सदस्यतर्फ नेकपा एमालेका वीर बहादुर थापा निर्वाचित भएका छन् ।
उनले १२ हजार ३५९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका बन्धु रानाले ११ हजार ६ मत प्राप्त गरे ।
यस्तै २ मा नेपाली काँग्रेसका दिवान सिंह विष्ट निर्वाचित भएका छन् । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार समेत रहेका विष्टले नेकपाका एमालेका पल्लव राज भट्टलाई पराजित गर्दै विजयी भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार विष्टले ८ हजार ५२० मत पाएका छन् भने भट्टले ७ हजार ६०३ मत पाएका छन् । प्रतिनिधि सभाको मतगणना भने जारी छ । यहाँ एमालेका उम्मेदवार तारा लामा तामाङको अग्रता कायमै छ ।