काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र ३ मा तोसिमा कार्की विजयी भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्की भारी मतका साथ विजयी भएकी हुन् ।
उनले नेपाल एमालेका अमृत खड्का र माओवादीकी पम्फा भुसाललाई पराजित गर्दै विजयी भएकी हुन् ।
बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाइन् । खड्काले १२ हजार ९६३ मत पाए ।
ऊर्जा मन्त्रीसमेत रहेकी भुसालले ८ हजार ७६९ मत पाइन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट विजयी थिइन् ।