काठमाडौँ । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवार बनेका कमल थापाले हार स्विकारेका छन् ।
उनी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)सँगको प्रतिस्पर्धामा थिए। डिनाले सुरू देखि नै अग्रता लिँदै आएका छन् ।
बिहीबार बिहान ट्विट गर्दै कमल थापाले पराजयलाई सहर्ष स्विकारेको बताएका छन्। उनले मतदातालाई आभार व्यक्त गरेका छन् ।उनले पराजय भएपनि देश र जनताको हितमा सक्रिय रहिरहने बताए ।डिनाले २४८४ मत पाएकी छन्। थापाले भने १६४४ मत पाएका छन् ।
यस्तो छ थापाको स्टाटस
पराजयलाई सहर्ष स्विकार गर्दछु।
हामीलाई मतदिनु हुने सबैमा आभार।
'सूर्य'चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा(एमाले)लाई धन्यवाद।
चुनावमा रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु,राप्रपा नेपालका साथीहरु प्रति आभारी छु।
देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु